नेपालगन्ज,माघ २९ –
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान र राष्ट्र जोगाउन अहिले निर्वाचनको विकल्प नभएको बताएका छन् ।
नेकपा एमाले बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उपाध्यक्ष गौतमले मुलुकको निकासका लागि निर्वाचन आवश्यक भएको बताए ।
सरकार सत्ता लम्व्याउने खेलमा लागेका कारण निर्वाचन अनिश्चित बन्दै गएको उनको भनाई थियो । कार्यक्रमलाई सम्वोधन गर्दै एमाले नेता तथा सांसद देवराज भारले संबिधान कार्यान्वयनका लागि दलिय सहमति जरुरी रहेको बताए ।