Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणगढका ढलहरु फुटेर चौपट – Gaule Khabar

नारायणगढका ढलहरु फुटेर चौपट

नारायणगढका ढलहरु फुटेर चौपट

चितवन,माघ २६-

नारायणगढ बजारका विभिन्न सडकका ढलहरु फुटेका छन् । महिनौदेखि फुटेका ढलहरु निर्माण हुन सकेको छैन । फुटेका ढलहरुबाट फोहोर सडकमा निस्कदा दुर्गन्धित फैलिएको छ ।

विशेषगरी शहीदचोकबाट बेलचोक जाने बाटो संगम मार्गमा ढलहरु फुटेका छन् । ढलको पानी सडकभरि बगेको छ । ‘ढलहरु फुटेको महिनौँ भइसकेको छ, तर मर्मत हुन सकेको छैन’ संगम मार्गका व्यवसायी दयाराम ढकालले भने, ‘फोहोर सडकभरि फैलिएर दुर्गन्धित फैलिएको छ ।’

शहीदचोकदेखि बेलचोक जाने सडक अति व्यस्त हुने गर्छ । यो सडक पश्चिम चितवनतर्फ जाने मुख्य सडक हो । अति व्यस्त हुने यस सडकको ढल फुटेर दुर्गन्धित फैलिँदा व्यवसायीहरु हैरानी भएका छन् । ‘यो सडकको ढल फुटेर दुर्गन्ध फैलेको छ । बसिनसक्नु भएको छ । तर, पनि सम्बन्धित निकायले ध्यान दिएको छैन’ व्यवसायी भगवती सापकोटाले भनिन् ।

व्यस्त सडकमा यसरी ढल फुटेपछि बटुवादेखि सवारी चालक सबैले सास्ती पाएका छन् । फुटेका ढलहरुलाई एकै ठाउँमा जम्मा गरेर राखिएको छ । तर, पनि सम्बन्धित निकायले चासो दिएको छैन । ‘यो ढल राखेको धेरै वर्ष भयो, अहिलेसम्म न मर्मत भएको छ, न त नयाँ फेरिएको छ । भत्केर बिजोग भइसक्यो तर कसैले पनि मर्मत राखेको छैन यहाँ’ एक व्यवसायीले भने ।

संगममार्गमा मात्र होइन, नारायणगढका भित्री सडकका ढलहरु धेरै ठाउँमा फुटेका छन् । ठाउँठाउँमा फुटेका ढलहरु समयमै मर्मत हुन नसकिरहेको अवस्थामा भरतपुर उपमहानगरपालिका भने उपभोक्ता तात्नुपर्ने बताउँछ ।

भरतपुर उमहानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले नारायणगढ संगममार्गमा ढलहरु फुटेर काम नलाग्ने भएको बताए । ‘यहाँका ढलहरु फुटेर काम नलाग्ने भएका छन् । मर्मत गरेर हुँदैन नयाँ बनाउनुपर्छ’ वातावरण शाखा प्रमुख घिमिरेले भने, ‘यसको लागि स्थानीय उपभोक्ताहरु पनि तात्नुपर्छ ।’चितवनपोष्ट दैनिकवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका