Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देश चुनावमा गैसक्यो : कांग्रेस सभापति देउवा – Gaule Khabar

देश चुनावमा गैसक्यो : कांग्रेस सभापति देउवा

देश चुनावमा गैसक्यो : कांग्रेस सभापति देउवा

काठमाडौं, माघ २६ –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश चुनावमा गैसकेको दाबी गर्नुभएको छ । पार्टीका पूर्व सभापति सुशील कोइरालाको पहिलो स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देश चुनावमा गइसकेको दाबी गर्दै संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव गर्नुपर्नेमा जोड दिनुभएको हो ।

कोइराला प्रधानमन्त्री भएका बेला संविधान जारी गरिएको भन्दै देउवाले संविधानको सम्मान गर्न पनि चुनाव गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेको अवस्थामा चुनौतीपूर्ण रहेपनि चुनाव गर्नुको कुनै विकल्प नभएको उहाँको भनाई छ । स्थानीय तह वा निकायको चुनाव गर्ने विषयमा भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र लगायतका दलसँग छलफल गरेर निर्णय गर्ने सभापति देउवाले बताउनुभयो ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनको प्रतिवद्धता आएकाले मात्र माओवादी केन्द्रको नेतृत्वमा रहेको यो सरकारलाई सहयोग गरेको भन्दै तत्काल मिति घोषणा गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । उहाँले जतिसक्दो चाँडो चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयन जटिल बनेको भन्दै यसलाई छिचोलेर अघि बढ्नु पर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको गएको वर्ष माघ २६ गते बिहानै निमोनियाका कारण निधन भएको थियो । युवा अवस्थामा भारतमा रहँदा राजनीतिमा आवद्ध कोइराला २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति बन्नुभएको हो ।
२०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनभएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री रहेका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका