Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेरियाले भनिन् – म जहाँ भएपनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ – Gaule Khabar

टेरियाले भनिन् – म जहाँ भएपनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ

टेरियाले भनिन् – म जहाँ भएपनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ

काठमाडौं, माघ २२ –

भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा’ को उपाधी जितेकी टेरिया फौजा मगरले आफू जहाँ भएपनि नेपाल र नेपालीको लागि काम गर्ने बताएकी छिन् ।

आफ्नो क्षमताले मात्रै विजेता नबनेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो क्षमता त छँदै थियो, त्यतिले मात्र म सफल बनेकी होइन्, देश तथा विदेशमा रहेका तमाम नेपालीहरूको भोटिङको अमूल्य सहयोगले म सफल भएकी हुँ ।’

उनले आफूलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले भन्दै आफू जहाँ भएपनि नेपालको लागि काम गर्ने बताइन् । ‘म नेपालमा बसेर केही काम गरे भनेँ टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी टेरियाले यस्तो गरिन् भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु’ उनले भनिन् ।

शनिबार रिपोर्टर्स क्लबमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँणले भारतीय टेलिभिजको रियालिटी कार्यक्रम ‘झलक दिखला जा’ जितेर आएकी टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताउनुभएको छ ।

मन्त्री खाँणले नेपाल र नेपालीको शिर उचो पार्ने जस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताउनुभएको हो ।

मन्त्रि खाँणले भन्नुभयो, ‘टेरियाले सानै उमेरमा देशको लागि ठूलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको शिर उचो बनाएको छ, भावि पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालिकाको लागि आर्दशको रुपमा टेरिया अघि आएकी छिन्, टेरियाको ईच्छा चाहाना र आवश्यकता पूर्ति गर्न सरकार जहिलेपनि सकारात्मक छ, टेरियाको योगदानको उच्च कदर गर्दछ, मैले टेरियाको सफलता र टेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा टेरियालाई अघि बढ्ने हौसला मिल्नेछ ।’

बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सांसद आदित्यनारायण कंसुधर, फाउण्डेशनका अध्यक्ष कृष्ण फौजामगर लगायतले टेरियाको प्रगति र भबिष्यको बारेमा आफ्ना कुरा राखेको थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका