Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आयोगको समय थप गछौं: मन्त्री यादव – Gaule Khabar

आयोगको समय थप गछौं: मन्त्री यादव

आयोगको समय थप गछौं: मन्त्री यादव

चितवन, माघ २१–
शान्ति तथा पुनः निर्माण मन्त्री सितादेवि यादवले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको समय थप गरिने बताउनु भएको छ ।
स्थानिय शान्ति समिति चितवनले आज भरतपुरमा आयोजना गरेको मन्त्रीको स्वागत तथा सरोकारवालासंगको अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री यादवले शान्ति प्रकृयाको मुख्य अंगको रुपमा रहेका आयोगहरुको काम अझै नसकिएको भन्दै यसको समय थप गर्न मन्त्रालयवाट मन्त्री परिषदमा पठाई सकिएको बताउनुभयो । आयोगले सम्पन्न गर्नु पर्ने कामहरु अझै सम्पन्न नभएकाले आयोगलाई समय थप गरि काम गर्ने वातावरण सृजना गरिने उहाँले बताउनुभयो ।
आफुले संम्हालेको मन्त्रालयले द्धन्द्ध पीडितको पक्षमा काम गरिरहेको भन्दै उहाँले यस मन्त्रालयको काम दिर्घकालीन शान्ति स्थापना गर्नु रहेको समेत वताउनु भयो । मन्त्रालयले गठन गरेको चौथो र पाँचौ कार्यदलले संकलन गरेको तथ्याङ्कमा सवै द्धन्द्धपिडितले राहत पाउन नसकेको भन्दै उनीहरुका लागि पनि राहत र न्याएको अनुभूति हुने गरी काम गरीरहेको उहाँको भनाई थियो । चौथो कार्यादलले तयार गरेको प्रतिवेदनमा देशमा १ लाख ३१ हजार ३ सय द्धन्द्धपिडित रहेको र पाँचौ कार्यदलले त्यसमा १ हजार ५ सय थप गरेको भन्दै उहाँले सवै पिडितलाई न्याय र राहत दिन मन्त्रालय लागि परेको उहाँले बताउनु भयो । जस मध्ये ८ हजार १ सय १२ जना अपाङ्ग रहेका छन् ।
द्धन्द्धमा परि टुहुरा भएका बालबालिकाको हकमा मन्त्रालयले १८ वर्षलाई संसोधन गरी २५ वर्ष पुर्याउने तयारी भईरहेको मन्त्री यादवले जानकारी गराउनु भयो । द्धन्द्धमा आमा बाबु दुबैले ज्यान गुमाएकाको परिवारमा रहेका सवै बालबालिकाहरुको संरक्षण गर्ने जिम्मेवारी सरकारको रहेको बताउनु भयो ।
एक फरक प्रसंगमा बोल्दै मन्त्री यादवले स्थानीय शान्ति समितिलाई अझै शसक्त बनाएर लैजान आफ्नो तहबाट पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सवै दल एउटै फोरममा रहेर काम गर्ने संस्थालाई स्थायीत्व दिनु जरुरी छ ।”
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपापाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल बार एशोसियनसन जिल्ला अदालत चितवनका अध्यक्ष गोपिलाल देवकोटा, बेपत्ता परिवारकी निशा न्यौपाने, जगन्नाथ भण्डारी, बालकृष्ण पौडेल, भूमिश्वर कँडेल, लोक प्रसाद भट्ट लगाएतले बोलेका थिए । कार्यक्रम स्थानिय शान्ति समिति चितवनका संयोजक पुष्पकमल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका