Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिरियामा हुन थाल्यो युवाको अभाव, ७० प्रतिशत महिला अविवाहित – Gaule Khabar

सिरियामा हुन थाल्यो युवाको अभाव, ७० प्रतिशत महिला अविवाहित

सिरियामा हुन थाल्यो युवाको अभाव, ७० प्रतिशत महिला अविवाहित

एजेन्सी,माघ १७-

विश्वको जनसंख्या झण्डै साढे ७ अर्बको हाराहारीमा पुगिसकेको छ, जसमा महिला र पुरुषको संख्या लगभग बराबर नै छ ।तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ पुरुषको संख्या निकै दयनीय अवस्थामा पुगेको छ । महिलाको अनुपातमा पुरुषको संख्या निकै कम भएकै कारण त्यहाँ कयौं महिलाले विवाह गर्न पाएका छैनन् ।

हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिएका छन् भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै केही युवा जेलमा छन, जो विभिन्न आरोपमा सजाय काटिरहेका छन् भने युवाको एउटा हिस्सा सेनामा छ ।परिणामस्वरुप, सार्वजनिक स्थलमा महिलाको संख्या निकै बढी देखिन्छ । सिरियामा अविवाहित र एकल महिलाको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।

पछिल्लो एक अध्ययनले त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ । समाजमा शेष रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता सिर्जना भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसारमा कयौं सिरियाली महिलाले आफूभन्दा निकै पाको उमेरका पुरुषको साथ स्वीकार्न थालेका छन् । पुरुष अभावका कारण वहुविवाहको प्रचलनसमेत बढ्न थालेको छ ।

२३ वर्षीया शिक्षिका याराका अनुसार उनकै हाराहारीमा प्रत्येक चार महिला बराबर एक पुरुष रहेका छन् । उनी भन्छिन, ‘यस्तै हो भने अब चाँडै नै एक पुरुषको चार पत्नी हुनेछन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका