काठमाडौं,माघ १५-
प्रधानमन्त्री पुष्पकमल दाहालले कुलमान घिसिङ जस्तो क्षमतावान व्यक्तिलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मा दिँदा गर्वको महसुस भएको बताएका छन् ।
सोनाम लोसारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री हुनु अगाडिबाटै कुलमानलाई जिम्मेवारी दिने विषयमा सोचिरहेको समेत खुलासा गरे । भने ‘मैले २–३ वर्षदेखि लोकमानलाई हेर्दै आएको थिएँ, र मौकाको खोजिमा थिएँ म प्रधानमन्त्री भए लगत्तै उहाँ (कुलमान)लाई विद्युत् प्राधिकरणको जिम्मा दिँदा गर्व महसुस भइरहेको छ ।’
प्रचण्डले आफ्नै पालमा नेपालका उच्च पदमा आदिवासी जनजातिलाई नियुक्त गरिएको बताए । प्रचण्डले प्रधानन्याधिस, सभामुख, उपराष्टपतिलाई प्रस्ताव गर्ने पनि आफू नै रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले देश बहुजाति, बहुसांस्कृति र विविधताले भरिएको भन्ने कुरा सबैलाई थाहा भएको बताउर्दै संघीय गणतान्त्रिक नेपालमा सबैले अधिकार पाउने विश्वास व्यक्त गरे ।
‘पछिल्लो चरणमा पुरानो राज्यद्वारा उत्पीडनमा पारिएका जाति, समुदाय, वर्ग, लिंग सबैको पहिचान स्थपित गरेर संघीय गणतान्त्रिक नेपालमा आइपुगेका छौँ,’ प्रचण्डले भने, ‘तर, पनि अपेक्षा गरे अनुसारको अधिकार सबैले पाएका छैनन्, संविधान संशोधनका क्रममा तामाङ जातिको अधिकार राज्यका सबै तहमा स्थापित गर्ने विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति झल्कने तामाङ भवनका लागि सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर आवश्यक रकम निकासा गर्ने आश्वासन समेत दिएका छन् ।