चितवन, माघ १५–
चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
पूर्वी चितवनको रत्ननगरपालिका–१९ स्थित जनकौली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सोही स्थानकी ३५ वर्षीय लक्ष्मी श्रेष्ठको गैंडाको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । मृतक श्रेष्ठको शव पोष्ट मार्टमका लागि भरतपुर तर्फ ल्याईदै छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निश्कने जनावरका कारण वर्षेनी आसपासका स्थानीयले ज्यान गुमाउने गरेका छन् ।