काठमाडौं,माघ १४ –
मोर्चाले सरकारसँग भएको तीन बुँदे सहमतिका विषयमा स्वेतपत्र जारी गरेर फागुनबाट आन्दोलन गर्ने तयारी गरेको छ। शुक्रबार बसेको मधेसी मोर्चाको बैठकमा माघ महिनाभित्र आफ्ना माग सम्बोधन गरेर संविधान संसोधन गर्न सरकारलाई अल्टिमेटम दिने विषयमा छलफल भयो। माघभित्र माग पुरा नभए फागुनबाट आन्दोलनको तयारी गर्ने विषयमा मोर्चाले छलफल गरेको छ। दलहरु संविधान संसोधन भन्दा पनि निर्वाचनमा बढी केन्द्रीत भएकाले मोर्चाले संसोधनका लागि अल्टिमेटम दिन लागेको जनाएको छ। बैठकपछि राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संसोधन प्रक्रिया अघि नबढाएसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नदिने बताए। उनले सरकारले आफूहरुको माग पूरा गर्नुको सट्टा स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन सच्याउने कुरा गरेर झुक्याउन खोजेको आरोप लगाए।