Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता – Gaule Khabar

मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता

मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता

वासिङ्टन, माघ १२ –

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।

मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारका रुपमा लिएको बताउनुभएको थियो ।

अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत उहाँहरुले छलफल गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा ट्रम्पलाई बधाई दिँदै उहाँको भारतप्रतिको मित्रभावलाई स्वीकार गर्नुभएको थियो ।

हिन्दूहरुको पर्व तिहारमा भारतीय अमेरिकी मतदाताले आफ्नो पक्षमा राम्रो प्रचारप्रसार गरिदिएको पनि मोदीले टेलिफोन वार्ताका क्रममा उल्लेख गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा सफल प्रयोग गरेको नाराको सिको गर्दै ‘अबको समय, ट्रम्प सरकार’ भन्ने नारा प्रयोग गरेका ट्रम्पले आगामी दिनमा भारतीय नेताहरुसँग मिलेर काम गर्न चाहेको बताउनुभएको थियो । – रासस÷एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका