नेपालगन्ज,माघ ९ –
भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आज बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० गोरुलाई राझाचोकबाट बरामद गरिएको हो । अनुसन्धानका क्रममा सो गोरु हेटाँैडा— ८ मकवानपुर निवासी लुम्बिनी सप्लायर्सका आशाराम श्रेष्ठको रहेको खुलेको छ । प्रहरीका अनुसार भारतबाट गोरु ल्याएर बङ्गलादेश पठाउन अहिले सङ्गठित गिरोह नै तयार भएको छ । – रासस