Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रामपुर भलिबल कपको उपाधि स्याङ्जालाई – Gaule Khabar

रामपुर भलिबल कपको उपाधि स्याङ्जालाई

रामपुर भलिबल कपको उपाधि स्याङ्जालाई

रामपुर(पाल्पा),माघ ७ –

रामपुर भलिबल कपको उपाधि स्याङजाले हात पारेको छ ।

रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा नवलपरासीलाई स्याङजाले हराउँदै उपाधि हात पारेको हो ।

हिजो भएको फाइनल खेलमा स्याङजाले नवलपरासीलाई तीन सेटले हराउँदै रामपुर भलिबल कपको उपाधि हात पार्न सफल भएको हो । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका