Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देशमा न्याय मर्‍यो भन्दै लोकमान हरिद्वारतिर ! – Gaule Khabar

देशमा न्याय मर्‍यो भन्दै लोकमान हरिद्वारतिर !

देशमा न्याय मर्‍यो भन्दै लोकमान हरिद्वारतिर !

काठमाडौं, माघ ५- 

यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् । छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा जमाएको बताइन्छ ।

त्यहींबाट आजभोलि नै अमृतसहर, हरिद्वारलगायत धार्मिक तीर्थस्थल जाने योजना छ । अख्तियार परिसर छाडेर भाइको घर सरेपछि उनले आफन्तमाझ भनेका थिए– दरबारका सबै कर्मचारीलाई ०६२–६३ को आन्दोलनपछि निजामती सेवामा समायोजन गर्दा नारायणहिटी राजदरबारभित्र कार्यरत रहँदाको सेवा अवधिसमेत जोड्ने काम भएको थियो तर मेरो हकमा चाहिँ त्यो कुरा मान्य भएन र यसै आधारमा अदालतलाई प्रयोग गरेर घोक्र्याएर निकाल्ने काम भयो ।

दरबारको सेवा अवधि नजोड्ने हो भने त्यहाँबाट निस्किएका ५ सय जना कर्मचारीमध्ये चार सय अहिले पनि कुन हैसियतले नेपाल सरकारका विभिन्न विभागमा कार्यरत छन् ? तीमध्ये कतिपयले के आधारमा पेन्सन र निवृत्तिभरण खाइरहेका छन् ? स्वैच्छिक अवकाश लिने र राजीनामा दिनेलाई कुन हिसाबले सुविधा प्रदान गरियो ? उनको प्रश्न थियो । राजप्रासाद सेवाबाट निस्किएकामध्ये अझै पनि १५० जना दरबार संग्रहालयमा कार्यरत छन् । आफूलाई नियुक्ति दिलाउन ज्यान फालेर लाग्ने प्रचण्डप्रति पनि तीव्र आक्रोश रहेछ । जनआस्था साप्ताहिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका