Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बजारको माग अनुरप तरकारी उत्पादन गर्ने – Gaule Khabar

बजारको माग अनुरप तरकारी उत्पादन गर्ने

बजारको माग अनुरप तरकारी उत्पादन गर्ने

सप्तरी,माघ २ –

जीविकोपार्जनका लागि तरकारीखेती आयोजना अन्तर्गत सप्तरी जिल्लामा बजारको माग अनुसार तरकारी उत्पादन गरी पूर्ति गर्र्र्ने कार्य आरम्भ भएको छ ।

कृषि विकास मन्त्रालय, व्यवसायिक कृषि तथा व्यापार आयोजना ९प्याक्ट० तथा विश्व बैंकको सहयोगमा सप्तरीको मलेठ, इटहरी विषणुपुर र बोरालगायतका विभिन्न गाविसमा तरकारी उत्पादन, भण्डारण र बजारीकरणका लागि तयारी गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

आयोजना अन्तर्गत मनोकामना मिश्रित कृषक समूहले मलेठमा तरकारी उत्पादन गर्नेछ । ‘सोनाइ बीज भण्डार’ एन्ड सप्लार्यसले तरकारी खरिद बिक्री र बजारी करण गर्नेछ ।

तरकारी उत्पादनका लागि रामजानकी कृषक समूहले र ३६ लाख ५० हजार लगानी गर्ने र प्याक्टले ३४ लाख ९० हजार अनुदान दिने सोनाइ बीज भण्डार एन्ड सप्लार्यसका सञ्चालक सोनाइ दासले बताउनुभयो ।

यसैगरी मनकामना मिश्रित कृषक समूहले रु ३४ लाख ८२ हजार लगानी गर्ने र प्याक्टले रु ३४ लाख ४४ हजार अनुदान दिनेछ । बजारीकरणका लागि सोनाइ बीज भण्डार एन्ड सप्लार्सले रु ५६ लाख ५४ हजार लगानी गर्ने र प्याक्टले त्यसको लागि रु २४ लाख ८० हजार रकम अनुदान दिनेछ ।

प्याक्ट संस्थाको लगानी र अनुदानबाट भौतिक पूर्वाधार, उपकरण, उत्पादन सामग्री खरिद गरी मनोकामना मिश्रित कृषक समूहले एक वर्षमा ५४ मेट्रिक टन काउली र बन्दा कोबी उत्पादन गर्ने लक्ष्य लिएको मनोकामना समूहका अशोक यादवले बताउनुभयो ।

प्याक्टका अनुगमन तथा मूल्याङ्कन अधिकृत पे्रमकुमार यादवका अनुसार १८ वटा संस्थाले तरकारी, दूध, कुखुराको मासु र गोलभेडा र अचारको व्यवसायीकरण गरी बजारको मागअनुरप पूर्ति गर्ने सोच बनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका