Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
युएई उड्नुअघि प्रधानमन्त्रीद्धारा एमाले अध्यक्ष ओलीसँग टेलिफोनवार्ता, नेपाल फर्किएलगत्तै चुनावको मिति घोषणा गर्ने आश्वासन – Gaule Khabar

युएई उड्नुअघि प्रधानमन्त्रीद्धारा एमाले अध्यक्ष ओलीसँग टेलिफोनवार्ता, नेपाल फर्किएलगत्तै चुनावको मिति घोषणा गर्ने आश्वासन

युएई उड्नुअघि प्रधानमन्त्रीद्धारा एमाले अध्यक्ष ओलीसँग टेलिफोनवार्ता, नेपाल फर्किएलगत्तै चुनावको मिति घोषणा गर्ने आश्वासन

काठमाडौं, माघ १ –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज टेलिफोनबार्ता गरेका छन्।

संसदमा संविधान संशोधन विद्येयक टेबुल गराएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षवीच टेलिफोनवार्ता समेत भएको थिएन्। तर आज प्रधानमन्त्री युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणमा जानुभन्दा एक घण्टा अघि मात्रै उनले एमाले अध्यक्ष ओलीलाई फोन गरि उताबाट फर्किएर आएपछि निर्वाचनको मिति घोषणा गर्ने विश्वास दिलाएका थिए। जवाफमा ओलीले पनि त्यसो हो भने त राम्रै हो भनेर सफल भ्रमणको शुभकामना दिए।

प्रधानमन्त्री दाहाल आज वर्ल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन युएई प्रस्थान गरिसकेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालको युएई भ्रमण चार दिनको हुनेछ। भ्रमणका बेला उनले युएईका समकक्षीसँग द्विपक्षीय हितका विषयमा वार्ता गर्नेछन्।  भ्रमण तालिका अनुसार प्रधानमन्त्री दाहाल दुई दिन ऊर्जासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेछन्।

सम्मेलनमा कजकास्तान, नाइजेरियालगायत देशका सरकार प्रमुख तथा विभिन्न देशका ऊर्जामन्त्रीले सहभागी जनाउने छन्। सम्मेलनमा १ सय ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन्।

माघ ३ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा नविकरणीय ऊर्जा र स्वच्छ प्रविधिका क्षेत्रमा व्यापक छलफल हुनेछ। अघिल्लो वर्ष भएको सम्मेलनमा १ सय ७० देशका ३२ हजार प्रतिनिधि सहभागी थिए। यस वर्षको सम्मेलनमा अघिल्लो वर्षभन्दा पनि बढी देश सहभागी हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका