Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चौथो खिचरा महोत्सव बिहीबारदेखि, तयारी पुरा – Gaule Khabar

चौथो खिचरा महोत्सव बिहीबारदेखि, तयारी पुरा

चौथो खिचरा महोत्सव बिहीबारदेखि, तयारी पुरा

कारी महतो,
चितवन, पुस २७–

बिहिबारदेखि सुरु हुने ‘चौथो खिचरा महोत्सव–२०७३ को तयारी पुरा भएको छ । महोत्सवको पूर्व अर्थमन्त्री एवंम चितवन क्षेत्र नम्बर १ का साँसद सुरेन्द्र पाण्डेले समुदघाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनका दिन पुस २८ बिहान ११ बजे चौबिसकोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकीसहितको शोभायात्रा शुरु भई महोत्सव स्थलसम्म पुग्ने जनाइएको छ । शोभायात्रामा आउने सहभागीका लागि टिकट नलाग्ने आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ ले जनाएको छ ।
महोत्सवको प्रवेश टिकट शुल्क रु ४० र विद्यार्थीका लागि रु २० कायम गरिएको छ भने गेट पासको व्यवस्था पूर्ण रुपमा निशेध गरिएको छ । मूल आयोजक समितिमा रहनेहरुले समेत टिकट काट्नु पर्ने आयोजक समितिले जनाएको छ ।


महोत्सवमा थारु परिकारहरु चिचर, घोङ्घी, माछा, हाँसको मासु, नकगर रोटीलगायतको परिकारका स्टलहरु रहनुका साथै थारु समुदायका लोपोन्मुख सामग्रीहरु, कृषि परिसर र बाल उद्यान मुख्य आकर्षण रहने जनाइएको छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय गायक कलाकार र थारु लगायत जातजातिका साँस्कृतिक नृत्य प्रस्तुत गरिने छ ।
महोत्सवको सुरक्षाको लागि खैरहनी इलाका प्रहरी कार्यालयले पुलिस हेल्प डेस्क सञ्चालन गर्ने प्रहरी निरीक्षक घजिन्द्रबहादुर कार्कीले जनाउनु भयो । त्यसका साथै आयोजकले आन्तरिक सुरक्षाको पनि व्यवस्था गरेको छ । महोत्सव माघ ५ गतेसम्म खैरहनीस्थित गौचरनमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका