Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षण अस्पताललाई करिब सत्तरी करोड सहयोग – Gaule Khabar

शिक्षण अस्पताललाई करिब सत्तरी करोड सहयोग

शिक्षण अस्पताललाई करिब सत्तरी करोड सहयोग

काठमाडौँ,पुस १३ –

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने सहमति गरेको छ ।

उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभयो ।

यसैगरी जाइकाले जापानको आर्थिक वर्ष २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ ।

सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा सङ्ख्यात्मक र गुणात्मक सुधार हुने बताउनुभयो ।

राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा सङ्ख्यात्मक र गुणस्तर वृद्धि हुने बताउनुभयो ।

अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेस गरेको जानकारी गराउँदै उहाँले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताउनुभयो । उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुग्नेछन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका