Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यि चार अभियुक्त जसले धरानमा आफ्नै साथीको घाटी रेटेर बिभत्स हत्या गरे – Gaule Khabar

यि चार अभियुक्त जसले धरानमा आफ्नै साथीको घाटी रेटेर बिभत्स हत्या गरे

यि चार अभियुक्त जसले धरानमा आफ्नै साथीको घाटी रेटेर बिभत्स हत्या गरे

धरान, पुस १० –

शनिवार विहान हत्या गरिएका सुनसरी धरानका विकास राजंबसीका चारजना हत्यारालाई इलाका प्रहरीले पक्राउ गरी आज सार्बजनिक गरेको छ । लागु औषद्यको सेवन गरेर आफ्नै साथीहरुले विकासको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न धरान ८ का दिप तामाङ, रोमन गुरुङ, धरान ९ का आयुप चौधरी, र भारत पश्चिम बंगाल राज्य स्थीत दार्जिलिङका सौरभ राईलाई पक्राउ गरिएको इलाका प्हरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभएको छ ।

हत्याराहरुको साथबाट प्रहरीले एक थान खुकुरी, डेनराईट, नाइट्रोसन नामक लागु औषध बरामत गरेको छ । धरान–१५ को चुम्लुङहिम परिषरको पूर्वपट्टी आफ्नै साथी धरान ५ मा बस्दै आएका विकु भनिने १७ बर्षका विकास राजवंशीलाई हत्या गरेको प्रहरीकोभनाई छ ।

अभियुक्तहरूलार्इ प्रहरीले शनिवार नै पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका चारै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी कार्वाहि प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका