Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१० करोडमा पुल बन्यो, गाडी चलाउन सडक छैन – Gaule Khabar

१० करोडमा पुल बन्यो, गाडी चलाउन सडक छैन

१० करोडमा पुल बन्यो, गाडी चलाउन सडक छैन

जाजरकोट,पुस ८-

जाजरकोट–डोल्पा सडकको रिम्ना—छेपारे खण्डमा रहेको भेरी नदीमा पाँच महिनाअघि नै पक्की पुल बनिसक्यो । तर रिम्ना–छेपारे सडक निर्माण अझै सुरु भएको छैन ।

यातायात सञ्चालन गर्न १० करोडको पुल बने पनि रिम्नादेखि छेपारेसम्म बाटो बनेको छैन । सो क्षेत्रको सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ ।

रिम्नास्थित भेरी नदीमा अनक लुम्बिनी जेभी काठमाडौँले २ वर्ष लगाएर पुल बनाएको हो । खलङ्गादेखि रिम्ना र छेपारेदेखि तल्लुबगर हुँदै त्रिवेणीसम्मको सडकमा यात्रु आउजाउमा सहज भएको छ । तर छेपारेसम्म सडक निर्माण नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिनाइ भएको छ ।

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री जनार्दन शर्मादेखि विभिन्न दलका नेता कार्यकर्ता र कर्मचारीले सो क्षेत्रको सडकको बारम्बार अवलोकन गरे पनि निर्माणको काम अगाडि बढेको छैन ।

६ सय मिटरको उक्त बाटोमा प्रतिक्विन्टल एक हजारसम्म ढुवानी खर्च लाग्ने गरेको व्यापारी दिनेश ओलीले बताए । नेपाली सेनाले जाजरकोट—डोल्पा सडकअन्तर्गत जाजरकोट खण्डको निर्माण पूरा गरेकै ३ वर्ष पुग्यो । सेनाले रिम्ना पुल छेउदेखि छेपारेसम्मको निर्माणलाई पन्छाउँदै आएको छ । त्यस्तै, पुल निर्माण कम्पनीले पनि पहुँचमार्ग निर्माणमा ढिलाइ गरेको र सडक डिभिजन, चौरजहारीले बेवास्ता गरिरहेको छ।

पुलको पल्लो छेउ (छेपारे साइड) को एकसय ५० मिटर मात्र पहुँचमार्ग निर्माण अनक लुम्बिनी जेभीको जिम्मा भएको कम्पनीका इन्जिनियर दिनेश श्रेष्ठले बताए। राससको सहयोगमा ।

जाजरकोट देखि डोल्पाको सदमुकाम दुनै जोड्ने सडकको सिलन्यास गर्दै  प्रधानसेनापति राजेन्द्र क्षेत्रीको फायल तस्विर ।तस्विर:www.news24nepal.tv

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका