एजेन्सी । अव बिरालोको काम केवल मुसा मार्नेमा मात्र सिमित छैन । यो दुनियामा विरालोले पनि सरकारी जागिर खाँदैछ ।
एकातिर डिग्री पास गरेका मानिसहरु समेत बेरोजगार भएर हल्लिरहनुपरेको छ भने अर्कोतिर बिरालोले समेत सरकारी जागिर पाउने भएको छ । बिरालोकै कारण मानिसले जागिर गुमाउने स्थिति पनि आइलागेको छ ।
तर चिन्ता नगर्नुस् बिरालोले सरकारी नोकरी खान थालेको हाम्रो देशमा होइन । बेलायत सरकारले आफ्नो मन्त्रीपरिषद कार्यालयमा बिरालोलाई सरकारी जागिर दिन थालेको हो ।
वास्तवमा मन्त्रीपरिषद कार्यालयभित्र मुसा आतंकले निकै नै सताएको छ । मुसा आतंकबाट मुक्तिका लागि बिरालोलाई नियुक्त गरिएको हो । अहिलेसम्म इवी र ओसी नामका दुई बिरालोले जागिर पाइसकेका छन् ।
जागिरे बिरालोको नाम राख्नुका पछि पनि रोचक कारण छन् । इवीको नाम लोकसेवाको पहिलो महिला स्थायी सचिव ड्याम इवलिन शार्पको नामबाट राखिएको हो । जबकि ओसीको नाम शीर्ष निजामति कर्मचारी इसीबी ओस्मोदर्लीको नामबाट राखिएको हो ।