परासी,पुस ३-
मधेसी मोर्चा नवलपरासीले शीर्ष नेताहरुको पुत्ला बनाई आज दाहसंस्कार गरेका छन् ।यसअघि हिजो मोर्चाले एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी मधेस विरोधी भएको भन्दै परासी स्थित बुद्धचोकमा पुत्ला बनाई सांकेतिक रुपमा फाँसीको सजाय दिएको थियो ।
त्यसको भोलिपल्ट आज मोर्चाले फाँसी दिइएको ती पुत्लाहरुको दाहसंस्कार गरिएको जनाएको छ ।सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं। ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेकोमा त्यसलाई ओलीसहितका नेताहरुले विरोध गर्नु मधेसकै अपमान भएको मोर्चाको दाबी छ ।उनीहरुले एमालले आन्दोलनको समेत विरोध गर्दै आएका छन् ।
यसैबीच ५ नम्बर प्रदेश टुक्राउन खोजिएको विरोधमा बन्दको आह्वान गर्दै एमाले कार्यकर्ताहरुले सुनवल, भुमही, बर्दघाट लगायतका हाईवे क्षेत्रमा नाचगान गर्दै पुरै बजार ठप्प पारेका छन् ।