Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा पहिलो अपांगमैत्री सरकारी भवन बन्ने – Gaule Khabar

चितवनमा पहिलो अपांगमैत्री सरकारी भवन बन्ने

चितवनमा पहिलो अपांगमैत्री सरकारी भवन बन्ने

पुनम गौतम,
चितवन, मंसिर २९–

महिला तथा बालबालिका कार्यालय चितवनको अपांग मैत्री भवन शिलन्यास गरिएको छ । बिगत लामो समय देखि भाडामा बस्दै आएको कार्यालयको महिला तथा बालबालिका विकास मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले शिलन्यास गर्नु भएको हो ।

सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुरको ३ कठ्ठा क्षेत्रफलमा भवन निर्माण गर्न लागिएको हो । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको सो भवनको निर्माणको जिम्मा धुलिखेल व्राम्हायणी आत्रेय जेभी चापहिल काठमाडौले लिएको छ । ३ करोड ३ लाख ९३ हजार ६ सय ६२ रुपैयाँ ४८ पैसामा निर्माण गर्न लागिएको सो भवन तिन तले रहने महिला विकास कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो । अपाङ्ग मैत्री भवनको रुपमा चितवनमा पहिलो सरकारी कार्यालय निर्माण हुन लागेको हो । सो कार्यालयको भवनमा २१ कोठा रहने छन् ।

भवनको शिलन्यास गर्दै सचिव लम्सालले गुणस्तरीय भवन निर्माण गर्न निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनिलाई आग्रह गर्नु भयो । भवन निर्माणको काम वि. सं. २०७५ असोज ३१ गते सम्म सम्पन्न गर्नु पर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका