Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लगातार तेस्रो दिन पनि संसद बैठक अवरुद्ध – Gaule Khabar

लगातार तेस्रो दिन पनि संसद बैठक अवरुद्ध

लगातार तेस्रो दिन पनि संसद बैठक अवरुद्ध

काठमाडौँ, मंसिर १९–

 

एमालेसहित पाँच दलले आइतबार पनि संसद बैठकमा अवरोध पुऱ्याएका छन् ।

एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नेपा राष्ट्रिय पार्टीले संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै संसद चल्न नदिएका हुन् । बैठकको सुरुमा बोल्दै नेमकिपाकी सांसद अनुराधा थापामगरले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै फिर्ता गर्न माग गरिन् ।

उनले भनिन्, ‘९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान विदेशीको निर्देशनमा संशोधन गर्नु राष्ट्रघात हो ।’ प्रतिनिधित्वको आधार जनसंख्यामात्र हुन नसक्ने उल्लेख गर्दै सांसद थापामगरले संविधान पहिलो संशोधन खारेज गरी प्रतिनिधिसभाको निर्वाचन क्षेत्र समेत भुगोलका आधारमा तय गर्नुपर्ने बताइन् ।

विधेयकमा राष्ट्रियसभाको प्रतिनिधित्व जनसंख्याको आधारमा गर्ने प्रस्ताव छ । उनले यो विधेयक हिन्दू भाषालाई सरकारी कामकाजको भाषा बनाउने र नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी महिलालाई राष्ट्रको प्रमुख पदमा लान ढोका खोल्ने षड्यन्त्रअनुरुप आएको बताइन् ।

उनले राप्रपाको एकीकरणमा बाह्य शक्तिको हात रहेको टिप्पणी गर्दा राप्रपाका सांसद सुशील श्रेष्ठले नियमापत्ति गरे ।

जवाफमा सभामुख ओनसरी घर्तीमगरले सांसद थापामगरको रेकर्ड सम्पादन गर्न निर्देशन दिएकी छन् । सांसद थापामगरले असंवैधानिक र राष्ट्रघाती संविधान संशोधन विधेयक सरकारले फिर्ता नलिएसम्म संसदको काम कारबाही अघि बढ्न नसक्ने बताएपछि एमाले, माले लगायत दलका सांसद आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । सभामुख घर्तीले पटक पटक बस्न आग्रह गरे पनि उनीहरुले बस्न मानेनन् ।

विपक्षी दलहरुले विधेयककाे विराेधमा गत शुक्रबार र विहीबारकाे संसद बैठकमा पनि अवराेध पुर्‍याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका