स्थानिय बासिन्दाको श्रमदानमार्फत सडक निर्माण
तेह्रथुम, माघ २७ – गाउँमा मोटर बाटो निर्माण गर्न कहीँकतैबाट बजेट उपलब्ध नभएपछि पन्चकन्या–९ फूलबारीका बासिन्दाले श्रमदानबाटै सडक निर्माण थालेका छन् । गाविस, जिल्ला विकास समिति र अन्य निकायबाट सडक खन्न बजेट उपलब्ध नभएपछि यहाँका बासिन्दाले श्रमदानबाटै सडक निर्माण सुरु गरेका स्थानीय नारायण श्रेष्ठले बताउनुभयो । “धेरैतिर माग गरियो, तर कसैले सुनेनन,” उहाँले भन्नुभयो । सडक […]