हतारमा संविधान जारी गर्दाको परिणाम यस्तै हुन्छः मोहन बैद्य
नवलपरासी,मंसिर २२- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले हतारमा संविधान जारी गरेको परिणाम अहिले देखिएको बताएका छन् । बुधबार नवलपरासीको कावासोतीमा क्रान्तिकारी महासंघ नवलपरासीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान जनताले बनाउनु पर्ने, संघीयताको विषयमा जनताले निर्णय गर्नु पर्नेमा त्यस्तो नहुँदाको परिणाम अहिले देखिएको धारणा राखे । क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले राष्ट्रियता, जनतन्त्र, […]