चाँगुनारायण महास्नान पर्व सुरु
भक्तपुर,मंसिर २६ – मकै, कोदो, फापर र मस्याङबाहेकका सबै अन्न चढाई एक सातासम्म मनाइने चाँगुनारायण महास्थान पर्व आजदेखि सुरु भएको छ । लिच्छविकालीन राजा मानदेवको पालादेखि चाँगुनारायण मन्दिरमा सञ्चालन हुंँदै आएको महास्नान पर्वमा झन्डै एक ट्रक अनाज चढाएर पूजा गरी भडेलभोजको समेत आयोजना गरिन्छ । पर्व शनिबार एकादशी पर्वको साँझ निमन्त्रण पूजा गरी राष्ट्र प्रमुखका […]