जनताबीच गएर भन्डाफोर गर्न नेता–कार्यकर्तालाई दाहालको निर्देशन
काठमाडौं, मंसिर २२– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुटवललगायत क्षेत्रमा चलिरहेको सीमांकन हेरफेरविरोधी प्रदर्शनलाई गणतन्त्र र संघीयता मास्ने षड्यन्त्रको अंग भएको आरोप लगाएका छन् । पेरिसडाँडामा एक साता चलेको पार्टीको पोलिटब्युरो बैठक मंगलबार समापन गर्दै दाहालले प्रमुख प्रतिपक्षी एमालेको सक्रियतामा चलेको उक्त प्रदर्शनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता पछिल्ला परिवर्तन मन नपराउनेहरू […]