मैदेलमा एकैदिन मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-६, मैदेलमा पाँच कन्या कालिका देविको मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले शनिबार एकै दिन करिब रु.७० लाखको लागतमा निर्माण हुने देविथान मन्दिरको शिलान्यास र नवनिर्मित तमु उगेन छ्योलिङ गुम्बा भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । गाउँपालिकाको रु. २८ लाख बजेटमा गुम्बाको भवन […]