सेनामा जागिरको अवसर : प्राविधिक पदमा २१६ जनालाई जागिर खुल्यो
चितवन,पुस ११- नेपाली सेनाले दुई सय १६ प्राविधिक पदको दरवन्दी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। ओभरसियर, नर्सिङ, मेकानिकल इन्जिनियर, छापाखाना प्राविधिक, छायाँकार, कम्प्युटर अपरेटरलगायतका ३३ पदमा दुई सय १६ जनाको खुला तथा समानुपातिक समावेशी रुपमा पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो। संविधानको प्रावधान अनुसार महिला, आदिवासी, जनजाति, मधेशी, दलित र पिछडिएको क्षेत्रलाई समानुपातिक रुपमा […]