प्रोत्साहन भत्ताको माग राख्दै बाँकेका गाविस सचिव आन्दोलनमा
नेपालगन्ज ,माघ २१- कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेर बाँके जिल्लाका गाविस सचिवले यहाँ आन्दोलन थालेका छन्। उनीहरुको आन्दोलनपछि यहाँका सबै गाविस कार्यालयको कामकाज ठप्प भएको छ भने काम लिएर गाविस कार्यालय पुगेका सेवाग्राहीले हैरानी बेहार्नुपरेको छ। विगत १५ वर्षदेखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधि बहालीका लागि स्थानीय तहको चुनाव हुनुपर्ने, सचिवलाई सरकारबाट […]