रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध
रामेछाप, माघ २६– रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिइएको हो । जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, एक उपस्वास्थ्य […]