देशभरि लोडसेडिङ हटाउने काम भइरहेको छ – ऊर्जामन्त्री शर्मा
काठमाडौं,फागुन १ – ऊर्जामन्त्री जनार्दन शर्माले देशभर लोडसेडिङ हटाउने काम भइरहेको बताएका छन् । काठमाडौं उपत्यका, पोखरा, चितवनलगायत देशका कतिपय ठाउँमा लोडसेडिङ हटिसकेको जानकारी दिँदै मन्त्री शर्माले बाँकी स्थानमा क्रमशः लोडसेडिङ हटाउँदै जाने जानकारी दिए । उनले मुलुक आधारभूत रूपमा लोडसेडिङ मुक्त भएकोसमेत बताए । उनले देशलाई लोडसेडिङबाट मुक्त गर्न ३ वर्षभित्र देशभर विद्युतीकरणको आधारभूत […]