भूकम्प प्रभावित आवास पुनःनिमार्णको लगत सङ्कलन सुरु
सल्लेरी (सोलुखुम्बु), माघ ५ – सोलुखु्म्बुमा भूकम्प प्रभावित आवास पुनःनिमार्णको लगत सङ्कलन गर्ने काम सुरु भएको छ । मङ्गलबारदेखि लगत सङ्कलन गर्न गाविसका सामाजिक परिचालकलाई गाउँगाउँमा खटाइएको छ । जिल्लाको अतिप्रभावित गाविस नेले, लोखिम, कोगल, चौलाखर्क, भकान्जे, गोली, टाक्सिन्धु, जुभिङ, वुङ, गुदेल, छेस्काम र पन्चन गाविसमा इन्जिनियरसहित सामाजिक परिचालक खटाइएको जिल्ला लगतसङ्कलन व्यवस्थापन कार्यालय सोलुखुम्बुका इन्टरलोकुटर […]