मृगौलापीडित बानियाँका लागि आर्थिक सहयोग जुट्दै
चित्रबहादुर गुरुङ्ग, चितवन, माघ ११– चितवनको चण्डिभञ्ज्याङ्ग–९, पैरेनीका मृगौला पीडित युवा रुद्रबहादुर बानियाँको मृगौलाको डायलासिस तथा प्रत्यारोपण उपचारको लागि सहयोगी मनहरुबाट सहयोग आउने क्रम जारी रहेको छ । मनकामना एफ.एम ९८.७ मेघाहर्जको संयोजनमा रुद्रको उपचारका लागि थालिएको सहयोग जुटाउने अभियानमा पछिल्लो क्रममा श्री चनौटे महिला समाजसेवी आमा समूह चण्डिभञ्ज्याङ्ग–९, चनौटेले १६ हजार ४ सय ७० […]