सगरमाथा मार्गमा पर्ने सडक सञ्चालनमा
खोटाङ, फागुन १ – जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो । जिल्ला विकास समिति, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चारवर्ष लगाएर निर्माण गरिएको सडक सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताउनुभयो […]