पन्ध्र अर्ना चितवन निकुञ्जमा छाडियो
चितवन,माघ २९- कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु अर्ना ल्याउने पहिलो चरणको काम सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जकाअनुसार पहिलो चरणमा कोसीबाट १२ वटा र जावलाखेलको चिडियाघरबाट तीन गरी १५ वटा अर्ना ल्याएर छाडिएपछि पहिलो चरणको अर्ना ल्याउने काम सम्पन्न भएको हो । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, […]